• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि झन्डै २ हजार नयाँ मतदाता थपिएका छन । स्थानीय तहको निर्वाचन पश्चात जिल्लाका विभिन्न स्थानबाट गत असार १ गतेदेखी श्रावण १८ गतेसम्म मतदाता नामावली संकलन गरिएको थियो ।

यस अवधीमा १ हजार ९ सय ३३ जना नयाँ मतदाता थपिएका हुन । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय खिजीफँलाटेबाट मतदाता नामावली संकलन गरिएकोमा उक्त संख्यामा नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

सरकारले प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मिती घोषणा गरेसंगै जिल्लामा आज (शुक्रबार) बाट मतदाता नामावली संकलनको काम समेत स्थगीत भैसकेको न्यौपानेले बताए । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका मतदाताको संख्या १ लाख १७ हजार ८५ जना रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!