ओखलढुंगा: सिद्धिचरण नगरपालिका ११ को बिभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी चिन्ह राखिएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यलयसंगको समन्वयमा वडा कार्यलयले ट्राफिक सचेतना सम्बन्धी चिन्ह तथा बोर्ड राखेको हो ।
पहिलो चरणमा शनिबार (आज) ११ नम्बर वडा भित्र पर्ने कर कार्यालय देखी हुलाक डाँडा सम्मको क्षेत्रमा सवारीको गती,बजारक्षेत्र,पार्किङ तथा पार्किङ निषेश , बिद्यालय समय लगायत लेखिएको ट्राफिक चिन्ह तथा बोर्ड राखिएको वडा अध्यक्ष बिनोद ताम्राकारले बताए।
बजारक्षेत्रमा हुने सम्भाबित दुर्घटनालाई न्युनिकरण गर्न तथा पार्किङ स्थललाई ब्यवस्थीत गर्न ट्राफिक चिन्ह राखिएको उनको भनाई छ । पहिलो चरणमा कर कार्यालय देखी हुलाक डाँडा सम्मको स्थानमा ३२ स्थानमा ट्राफिक चिन्ह राखिएको छ ।
दोस्रो चरणमा आईतबार (भोली) हुलक डाँडा देखी रमाईलोडाँडा सम्मको स्थानमा ट्राफिक सचेतना सम्बन्धी चिन्ह राखिने वडा अध्यक्ष ताम्राकारले बताए । यसअघि वडा कार्यालयले वडा भित्रका बिभिन्न स्थानमा दुर्घटना न्युनिकरण गर्न सडक बत्ती समेत जडान गरिसकेको छ ।