ओखलढुंगा । आज (शनिबार) विश्वकर्मा पुजा जिल्लामा पनि भव्यताका साथ मनाईएको छ । प्रत्येक वर्ष असोज १ आश्विन संक्रान्तीका दिन मनाईने यो पुजा आज पनि विश्वकर्मा देवको पुजा गरी मनाईएको हो । विश्वकर्मा दिवशको अवशरमा आज जिल्ला सदरमुकामको रमाईलोडाँडा, भिमलटोल, मिलनचोक, रामबजार, हुलाकटोल, जि.स.स.टोल लगायत ग्रामिण भेगमा समेत यसको रौनक देखिएको छ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले विश्वकर्मा पुजा धुमधाम मनाउने गर्दछन । दिवशकै अवशरमा आज जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, यातायात ब्यवसायी, सुनचाँदी व्यवसायीलगायतले आ आफ्ना सवारी साधन तथा औजारहरुको सरसफाई गरी पुजाआजा गरेका छन ।
जिल्ला स्थित सुनचाँदी व्यवसायीहरुले पनि आ आफ्नो पसल, कारखाना तथा औजारहरुको सरसफाई गरी विशेष पुजा गरेका छन । आज पुजा गरेका औजारहरु आजै प्रयोग गर्न नहुने मान्यताका साथ कालिगढहरुले आज गहना बनाउने काम समेत स्थगीत गर्ने गरेको बताईएको छ ।
तस्वीर सौजन्य ः सामाजिक सञ्जाल