ओखलढुंगा । पछिल्लो दश वर्षको अवधिमा जिल्लामा ४ सय जनाले आत्महत्या गरेका छन । विश्व आत्महत्या रोकथाम दिवशको अवशरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आज (आईतबार) सदरमुकाममा आयोजना गरेको सचेतनामुलक कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले विश्वमा भएका आत्महत्याको अवस्थाको तथ्यांकिय विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरण अनुशार पछिल्लो १० वर्षमा जिल्लामा ४ सय जनाले आत्महत्या गरेका हुन । जसमा सबैभन्दा बढी गत आर्थिक वर्ष २०७७÷७८ मा ६१ जनाले आत्महत्या गरेका छन ।
उमेर समुह अनुशार १७ वर्षसम्मका ६१ जना बालबालिका, १८ देखी ६० वर्षसम्मका २९५ र ६० वर्ष माथीका ५० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा बढी ३०४ जनाले झुन्डिएर आत्महत्या गरेका छन ।
यस्तै ८८ जनाले विष सेवन, हतियार प्रयोग गरेर १ जना, आत्मदह (आफुले आफैलाई जलाएर) २ जना र नदी तथा भिरबाट हामफालेर ५ जनाले आत्महत्या गरेको पाईएको प्रहरी प्रमुख खनालले जानकारी दिए ।
आत्महत्या गरेकाहरुको परिवारका सदस्य तथा आफन्त र छिमेकीहरु संग बुभ्mदा धेरैजसोले नकारात्मक सोँच, गरिबी, बेरोजगारी, अत्याधिक मदिरा सेवन, मानसिक रोग, देखासेखी, पारिवारीक कलह, प्रेममा धोका, बृद्धबृद्धाहरुको हेरचाहमा कमी र परपुरुष तथा परस्त्री संग अनैतिक शारिरीक सम्बन्धलगायतका कारण रहेको पाईएको खनालले बताए ।
आत्महत्याका कारण आर्थिक, सामाजिक मनोबैज्ञानिक, धार्मिक, जातिय तथा वर्गिय क्षेत्रमा समेत असर पर्ने गरेको उनको भनाई छ । विश्व आत्महत्या दिवश जिल्लामा गत भदौ २५ गते गर्ने तय गरिएको थियो । तर बेलायती महारानी एलिजा बेथ द्धितीयको निधनका कारण ३ दिनसम्म नेपालमा पनि कुनै औपचारीक कार्यक्रम नगर्ने नेपाल सरकारको निर्णय भएअनुशार आज दिवश मनाईएको आयोजकले जनाएको छ ।
दिवशको अवशरमा जिल्ला प्रहरी परिसरबाट जनचेतना सहितको ¥यालीले बजार परिक्रमा गर्दै सिद्धिचरण पार्कमा पुगेर कोण सभामा परिणत गरिएको थियो । कार्यक्रममा बरिष्ठ मनोरोग विशेषज्ञ डा. विद्यादेव शर्माले आत्महत्या रोकथाम र न्युनिकरणका लागि नागरीक तथा समुदायले निर्वाह गनुपर्ने भूमिका बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, शिक्षक, विद्यार्थी, सरोकारवाला लगायतको बाक्लो उपस्थिती रहेको थियो ।