ओखलढुंगा । ओखलढुंगामा प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका–५ गोगुनेडाँडाका ३३ वर्षीय मोहन तामाङ रहेका छन्।
तामाङको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले तामाङको घरमा पुगेर खानतलासी गर्दा घरभित्र लुकाइराखेको अवस्थामा एक थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बारुद (छर्रा) समेत बरामद गरेको छ।
तामाङलाई बरामद हतियारसहित आज (शनिबार) नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।
- AI को प्रयोग बाट तयार गरिएको साङ्केतिक तस्बिर


