ओखलढुंगा । शिक्षकको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरी ओखलढुंगा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका ८ सल्लेरीकी २२ बर्षिया महिला छलमायाँ धमला रहेकी छन । धमलालाई सप्तरीको विष्णुपुर गाउँपालिका ५ घर भई जिल्लाको चिसंखुगढी गाउँपालिका ४ लेखर्क स्थित कालिका आधारभूत विद्यालयमा अध्यापनरत ३३ बर्षिय शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ति शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनाल सहितको टोली घटना स्थल पुगेको थियो । घटनाको प्रकृती हेर्दा र अनुसन्धान गर्दा शिक्षकको हत्या गरी महिला फरार रहेको खुल्न आएको थियो ।
प्रहरीले शंकित ब्यक्तिको खोजतलास र पहिचान गर्ने क्रममा शनिबार साँझ ति महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख खनालले जानकारी दिए । पक्राउ परेकी महिलालाई आज (आईतबार) जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ ।
मृतक शिक्षकलाई टाउको तथा शरिरको अन्य भागमा कुटपिट गरी सक्त घाईते बनाई नाक,मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन । प्रहरीका अनुशार मृतक शिक्षक र धमला केही समयदेखी एकअर्काप्रति चिरपरित थिए ।
यसैक्रममा ति क्षिककले आफुलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफुले शिक्षकको कोठामा गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको डीएसपी खनालले जानकारी दिए । मृतक शिक्षक यसअघि सल्लेरीकै एक विद्यालयमा अध्यापनरत रहेको बुझिएको छ ।