• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७९ को अवशरमा शुभकामना आदान प्रदान गरेको छ । दँशैको पहिलो दिन आज (सोमबार) घटस्थापनाको अवशर पारेर नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रुख केदारबाबु बस्नेत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिपकुमार सुनुवार, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, निर्वतमान मेयर मोहनकुमार श्रेष्ठ, वडा अध्यक्ष, सदस्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्दै विजया दशमी तथा दिपावली जस्ता चाडपर्वलाई भड्कीलो र अनाबश्यक खर्चिलो नबनाई एक अर्कामा आपसी सद्भाव कामय गर्दै संस्कृती र परम्परा जोगाउने उदेश्यका साथ मनाउन सम्पुर्णमा आग्रह गरेका थिए ।

चाडपर्वको समयमा धेरैजनाले एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने भएकाले सवारी साधनमा यात्रा गर्दा समेत ध्यान दिनुपर्ने उनिहरुको सुझाव छ । त्यस्तै खानपानमा पनि विशेष सजगता अपनाउँदै दँशै तिहार मनाउन उनिहरुले आग्रह समेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खनालले विशेष गरी दँशै तिहार लगायतका चाड राष्ट्रिय पर्व समेत भएकाले यसको छुट्टै महत्व रहेको बताए । वर्ष दिनमा यस पटक परिवार तथा आफन्त संग मनाईने यस्ता चाडपर्वमा पछिल्लो समय भने धेरै फजुल खर्च गर्ने प्रवृतिले विकृती र विसंगती समेत बढ्ने अवस्था रहेकाले यस सजग रहनु पर्ने उनको भनाई थियो ।

दशँै तिहारले पारिवारीक तथा सामाजिक सम्बन्ध स्थापित गर्न समेत मदत पुगोस भन्दै मेयर खनालले परम्परालाई जोगाउने गरी चाडपर्व मनाउन सम्पुर्णमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!