• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । दँशै नजिकिँदै गरेको अवस्थामा वडाबाटै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा पाएपछि सिद्धिचरण नगरपालिका ९ का जेष्ठ नागरीक हर्षित भएका छन । वडा कार्यालयले सेन्चुरी बैंक तथा ज्यामिरे स्वास्थ्य चौकी संग समन्वय गरेर आज (बुधबार) वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा प्रदान गरेपछि उनिहरु हर्षित भएका हुन ।

वडा कार्यालयबाटै जेष्ठ नागरीकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो भने उनिहरुको प्रेसर, सुगर समेत जाँच गरिएको वडा अध्यक्ष गुणबहादुर खड्का (विवेक) ले जानकारी दिए ।

दँशैले छोपिसकेको अवस्थामा घर नजिकैको वडा कार्यालयबाट यस्तो सेवा पाएपछि बैंकमा गएर घण्टौँ सम्म लाईनमा बस्नुपर्ने बाध्यताबाट आफुहरुलाई मुक्ती मिलेको ८२ बर्षिय जेष्ठ नागरीक एकलक्ष्मी श्रेष्ठले बताईन । त्यस्तै अर्का ७८ वर्षिय जेष्ठ नागरीक रत्न भुजेलले आफुहरुको समस्या बुझेर वडाबाटै यस्तो सेवा दिएकोमा वडा कार्यालयको यो काम प्रंशसा गर्न योग्य रहेको बताए ।

यस अघि सदरमुकामका विभिन्न बंैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको थियो । तर कतिपय जेष्ठ नागरीकलाई सदरमुकाम आउन समेत समस्या हुने गरेको पार्ईएपछि मेयर खनाल र वडा अध्यक्ष खड्काले वडाबाटै भत्ता वितरणको पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!