• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि ओखलढुंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आउँदो मंसिर ४ मा हुने निर्वाचनका लागि सदरमुकाम स्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवनमा कार्यालय स्थापना गरिएको हो ।

यस अघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सोहि स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । १ मात्र प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा आज (बिहीबार) जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

नव स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधिष टिकाराम आचार्य मुख्य निर्वाचन अधिकृत छन । कार्यालयको स्थापना भएसंगै निर्वाचनका लागि हुने आन्तरीक व्यवस्थापनको काम पनि सुरु भैसकेको बताईएको छ ।भोलीबाट कम्प्युटर अपरेटरहरुलाई तालिम दिने, मनोनयन दर्ताका लागि आवश्यक पर्ने फारामको सुची तयार गर्ने, कार्यालयको लेटआउट लगायतका सबै काम हुने निर्वाचन अधिकारी न्यौपानेले जानकारी दिए ।

जिल्लामा यस पटकको निर्वाचनका लागि ८४ वटा मतदान स्थल र १५३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश सभाको निर्वाचनका लागि २ वटा क्षेत्र रहेको ओखलढुंगामा मतदाता संख्या भने १ लाख १७ हजार ८९७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!