• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत ओखलढुंगा प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी भएका छन ।

बिजयी सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अम्बीरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएका थिए । उनिहरु बिचको मतान्तर ३६० छ ।

गुरुङ प्रदेश नम्बर १ का पूर्व भौतिक पूर्वाधार मन्त्री हुन भने सुनुवार जिल्लामा नेपाली कांग्रेसका लोकप्रिय नेताका रुपमा चिनिन्छन ।

प्रदेश सभा क्षेत्र नम्बर १ मा विभिन्न दलबाट ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा जनता समाजबादी पार्टी (जसपा) का खेमराज खड्काले मत १ हजार ८० मत पाएका छन भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नबराज खत्रीले ६६ मत प्राप्त गरेका छन ।

यता मंगोल नेशनल अर्गनाईजेसनका लाक्पा शेर्पाले १०८ मत प्राप्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!