ओखलढुंगा । प्रदेश सभा तर्फको समानुपातिक मत गणना सकिएको छ । बिहीबार (हिजो) दिउँसो करिब १ बजेबाट थालिएको मत गणना आज (शुक्रबार) दिउँसो सकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुशार प्रदेश सभा अन्तर्रगतको समानुपातिक तर्फ कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । ६४ हजार ९ सय १४ कुल मत खसेकोमा ६१ हजार ४ सय १ सदर मत मध्ये कांग्रेसले २५ हजार ७९ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा एमालेले २४ हजार ७ सय २४, माओवादी केन्द्रले ५ हजार ९ सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले २ हजार ८२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा, हलो) ले १ हजार १ सय ३७ पाएको छ ।
अन्य दलले भने १ हजार भन्दा कम मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेका मत मध्ये ३ हजार ५ सय १३ मत बदर भएको थियो ।