रामेछाप: जिल्लाका बिभिन्न सामुदायीक वनमा केहीदिन देखी लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गएको सोमबारबाट बिभिन्न सामुदायीक बनमा लागेको डढेलो नियन्त्रणको प्रयास भैरहेको छ ।
तर हावा हुरीका कारण आगो नियन्त्रणमा लिन कठिनाई छ । भिरोलो जामिनमा रहेको वन क्षेत्रमा भएको आगलागीले बिकराल रुप लिएको छ । मुख्यतयाः मन्थली नगरपालिकाका बिभिन्न सातवटा सामुदायीक बनमा आगलागी भैरहेको छ । डिभिजन बन कार्यालय रामेछपका अनुसार मन्थली नगरपालिका १ मच्चेडाँडी स्थित तिलचौर सामुदायीक वन,वडा नम्बर ५ स्थित कालिका,चिँउडेपानी र गौठेटार सामुदायीक वनमा आगलागी भैरहेको छ ।
वडा नम्बर ७ भटौलीको थाक्ले र कर्कले सामुदायीक बनमा पनि भिषण आगलागी भैरहेको डिभिजन बन अधिकृत राम शरण गौतमले जानकारी दिनुभयो । जंगलमा भएको डढेलोले वनक्षेत्र सखाप भएको छ । डढेलोेका कारण कती वनक्षेत्र सखाप भए भन्ने बिवरण आउन सकेको छैन ।
डिभिजन बन अधिकृत गौतमका कारण अहिले वन कार्यालय, तिनै तहका सुरक्षा निकाय,सामुदायीक बन महासंघ,स्थानीय तथा उपभोक्ता समितीका पदाधिकाहरु आगो नियन्त्रणको प्रयासमा जुटिरहेका छन् । जंगलमा लागेको डढेलो बस्तीमा बस्न नदिन प्रयास भैरहेको रामेछापका प्रहरी प्रमुख डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो ।
हावाहुरीका कारण आगो बस्तीमा पस्ने खतरा पनि उत्तिकै रहेको उहाँको भनाई छ । सामुदायीक बनमा लागेको डढेलो नियन्त्रणका लागी जिल्ला सुरक्षा समितीको आकस्मिक बैठक समेत बसेको छ । बैठकले जंगलमा लागेको डढेलो निन्त्रणका लागी थप जनशक्ती परिचालन गरेर नियन्त्रणको प्रयास गर्ने निकर्ष निकालेको छ ।
डढेलो नियन्त्रण गर्न रामेछाप एमाले र रामेपछाप काग्रेसले पनि अपिल जारी गरेको छ । मानिसको गलत नियतका कारण एकैपटक जिल्लाका बिभिन्न सामुदायीक बनमा आगलागी भएको हुनसक्ने आँकलन गरिएको छ । एक सामुदायीक बनमा धेरै स्थानबाट एकैपटक आगलागी भएकाले मानिसको गलत नियतका कारण आगो लगाईएको हुनसक्ने डिभिजन बन कार्यालय रामेछपको अनुमन छ ।
जंगलमा भएको आगलागीका घटनामा संलग्न भएको आरोपमा केही ब्यक्तीको नाम सहितको उजुरी डिभिजन बन कार्यालयमा परेको छ । डिभिजन बन अधिकृत राम शरण गौतमका अनुसार उक्त उजुरीका आधारमा दोसीको पहिचान र खोजीकार्य समेत भैरहेको छ ।
जंगलमा भएको आगलागीको घटनामा संलग्न ब्यक्तीको पहिचान गर्नेलाई कार्यालयले १० हजार रुपौया पुरस्कार दिने समेत घोषणा गरेको छ ।