ओखलढुंगा:सदमुकामको बजारक्षेत्रबाट ठुलो परिमाणको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । बिहिबार सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाको बिभिन्न पसल ब्यवसायबाट म्यद नाघेका अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो ।
रमाईलोडाँडामा सञ्चालनमा रहेका पसल ब्यवसायबाट करिब ५५ हजार ४ सय २६ रुपौया बराबरको म्याद गुज्रीएका खाद्य बस्तुहरु फेला पारिएको छ । ब्यापारीहरुले खुलेयाम म्याद सकिएका बस्तुहरु बेचबिखन गरिरहेको पाईएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा छड्के अनुगमन गरिएको हो ।
सिद्धिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त छड्के अनुगमनका क्रममा म्याद सकिएका वाइवाइ क्लासिक चाउचाउ४५ कार्टुन,हिट ४८ वटा, डाबर टुथपेष्ट–३ वटा, डाबर स्यानिटाइज–२ वटा, डाबर तेल–३ वटा र बदाम जुस–४ कार्टुन फेला परेको छ । त्यस्तै डेजल–२ वटा, ओडोपिक जेल–४ वटा, गुलाब जल–४२ वटा, केशकिङ–९ प्याकेट, गुडकिङ–१३ वटा र अल्ट्रा कम्फर्ट ५ वटा बरामद गरिएको छ ।
अनुगमनका क्रममा खाद्य सामग्रीको म्याद हेर्ने , गुणस्तर, नापतौलको अवस्था जाँच गर्ने र व्यवसायीले सम्बन्धित निकायमा दर्ता गरेको कागजात तथा साइनबोर्ड सबैले देख्ने गरी राख्न निर्देशन समेत दिईएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलको नेतृत्वमा बजारक्षेत्रको छड्के अनुगमन गरिएको थियो।