रामेछाप: मन्थलीमा पानीसंगै परेको चट्याङ लागेर दुई आमा छोरी घाईते भएका छन् । शुक्रबार अपरान्ह पानीसंगै परेको चट्याङ लागेर मन्थली नगरपालिका ३ कठजोर रालटारका ४० बर्षिय सुमित्रा कार्की र उनकी ९ बर्षिय छोरी अनिता कार्की घाईते भएका हुन् ।
कपडा धुन रणजोर खोलामा लगएको समयमा आमा छोरीलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चट्याङले लागेर गम्भिर घाईते भएका आमा छोरीलाई मन्थली अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । चट्याङ लगेर घाईते आमा छोरीको छाती र हात लगायतका भाग जलेको छ ।
यता शुक्रबार अपरान्ह परेको चट्याङ लागेर दोरम्बा शैलुंङ गाउँपालिका १ फलाटेमा १५ वटा बाख्रा मरेको छ । स्थानीय तुला बहादुर तामाङको गोठमा बाँधिएकोे १५ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।