रामेछाप : मन्थलीमा प्रथम अखिल कप फुलवल प्रतियोगीता सुरु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली नगर कमिटीको आयोजनामा शुक्रबारबाट मन्थलीमा प्रथम अखिल कप फुलवल २०८० सुरु भएको हो ।
राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगीता आगामी आईतबार सम्म सञ्चालन हुनेछ । एन्फाको नियमअनुसार खेलाइने खेलमा कुल १४ वटा खेलहरु खेलाईने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली नगरकमिटी सचिव उत्सव केसीले बताए ।
नगरपालिका भित्रका सामुदायीक तथा संस्थागत बिद्यालयहरुबाट फुलवल खेलाडी उत्पादन गर्ने उदेश्य सहित प्रतियोगीता अयोजना गरिएको केसीको भनाई छ । प्रतियोगीतामा नगरक्षेत्रभित्रका ९ टिमको सहभागीता रहेको छ । १४ वटा वडा रहेको मन्थली नगरपालिका भित्रका पहाडी क्षेत्रमा रहेका वडाका बिद्यालयबाट खेलाडी सहभागी भएका छैनन् ।
प्रतियोगीतामा प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रममा २० हजार,१० हजार र ५ हजार रुपौया नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली नगरकमिटीका अध्यक्ष मुकेश भण्डारी (डेनिस)ले बताए ।