• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । चट्याङ लागेर एक महिला गम्भीर घाईते भएकी छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका २ तोपडाँडाका ५७ बर्षिया देवमायाँ बुढाथोकी गम्भीर घाइते भएका हुन ।

आज (शनिबार) दिउँसो झन्डै ४ः४५बजेतिर अबिरल वर्षा संगै परेको चट्याङ लाग्दा उनि घाईते भएका प्रहरीले जनाएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाईते भएपछि स्थानीयबासीले नजिकको प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात उनको उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत रामेछापको मन्थली पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुशार घाईते बुढाथोकी अचेत र बोल्न नसक्ने अवस्थामा रहेको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!