ओखलढुंगा । करेन्ट लागेर एक किशोरी गम्भीर घाईते भएकी छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंखेमा करेन्ट लागेर सोहि ठाउँकी १७ बर्षिया किशोरी बिनिता कार्की घाईते भएकी हुन ।
उनि आईतबार दिउँसो ४ बजेतिर घाँस झार्न घर नजिकैको पैयँुको रुखमा चढेकी थिईन । सोहि समयमा रुख नजिकै रहेको विद्युतको तार (मेन लाईन) मा घाँसको डालाले छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर रुखबाट भुईँमा खस्दा उनि घाईते भएको प्रहरीले जनाएको छ । उनको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल काभ्रे लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनको शरिरमा बाहिरी चोट नदेखिएपनि हाल अवस्था भने बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ । घटना हिजो (आईतबार) कै भएपनि प्रहरीलाई भने आज (सोमबार) मात्रै जानकारी आएको बताईएको छ ।