ओखलढुंगा । जिल्ला स्थित सरोकारवालाहरुले लैंगिक समानतालाई समुदायस्तरमा पु¥याउन आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजनाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको ‘लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधीहरुको भूमिकाको सम्बन्धमा पुरुष सहयोगीहरु संगको अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरुले उक्त प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न पालिकाबाट शिक्षक, सामाजिक अभियन्ता, पत्रकार,ब्यवसायी,सरोकारवालालगायतले सहभागिता जनाएका थिए । विशेष गरी सरोकारवालाबाटै लैंगिक समानतालाई कसरी समुदायस्तरमा पु¥याउन सकिन्छ भन्ने आवश्यक निष्कर्ष निकाल्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको परियोजनाकी कार्यक्रम मूल्याङकन अधिकृत बुना बिकले जानकारी दिईन ।
कार्यक्रमका सहभागीहरुले आफ्नै घर र समुदायबाटै लिंगको आधारमा विभेद भैरहेको भन्दै लैंगिक समानताको लागि सबैभन्दा पहिले मानसिक सोँच परिवर्तण हुन आवश्यक रहेको बताएका छन । कानुनी रुपमा महिलाहरुलाई थुप्रै अधिकार दिएको भएपनि त्यसलाई ब्यवहारमा उर्तान नसकिँदा लैंगिक विभेद कायमै रहेको उनिहरुको भनाई छ । कतिपय अवस्थामा महिलाहरुलाई अवशर दिएजस्तो गरेर पुरुषहरुले नै लाभ लिने गरेकाले यस्ता प्रबृत्तिको अन्त्य हुनुपर्ने उनिहरुले बताएका छन ।
यस्तै स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधीहरुको भूमिकाको सम्बन्धमा पनि पुरुषहरुले विभिन्न खाले अवशर सिर्जना गरेर उनिहरुलाई आफ्नो भूमिकाप्रति अब्बल बनाउन सकिने बताएका छन । उनिहरुलाई आवश्यक नीति निर्माणका लागि विभिन्न खाले कानुुन र कार्यविधि बारे ज्ञान दिनको लागि पुरुष सहयोगीहरुले समन्वय गर्न सकिने सहभागिहरुको भनाई थियो । निर्वाचित महिला जनप्रतिनिधीलाई आफ्नो जिम्मेवारीप्रति थप अब्बल बनाउन पुरुष सहयोगी संगै स्थानीय तहले समेत विभिन्न खाले तालिमहरु सञ्चालन गरेर उनिहरुको क्षमता विकास गर्नुपर्ने सहभागीहरुले बताएका छन ।
कार्यक्रममा ‘शी लिड्स’ परियोजना ओखलढुंगाका प्रशिक्षक मैयाँ राई र खोटाङका प्रशिक्षक देवेन्द्रकुमार राईले लैंगिक समानता, समानताका लागि राज्यस्तरबाट भएका विभिन्न प्रयास आदी बारे प्रष्ट पारेका थिए भने परियोजनाका सामाजिक परिचालक रेवतीरमण सुनुवारले कार्यक्रमको सहजीकरण गरेका थिए ।