• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट सात बर्षिया बालिका घाईते भएकी छन । आज (बुधबार) दिउँसो झन्डै ४ः२० बजेको समयमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ केत्तुके बजार स्थित सिद्धिचरण राजमार्गमा सडक पार गर्दै गरेकी बालिकालाई मोटरसाईकलले ठक्कर दिएको हो ।

मानेभन्ज्याङबाट ओखलढुङ्गा तर्फ आउदै गरेको ग १३ प ४४४४ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा केत्तुकेकी ७ बर्षिया बालिका आरती तामाङ घाईते भएकी हुन । उनको तत्काल उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घाईते बालिकाको बाँया गालामा चोट लागेको र अबस्था मध्यम रहेको बताईएको छ । मोटरसाईकल र चालक चितवनको भरतपुर महानगरपालिका १० का २७ वर्षिय रोशन घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!