• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले सिद्धिचरण नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन गरेका छन । आज आईतबार) भब्य कार्यक्रममा बिच उनले भवनको उद्घाटन गरेका हुन । भ्याट सहित झन्डै २ करोड ५८ लाख ८ हजार ९ सय ४८ रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको भवन उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले विशेष गरी कृषी, पर्यटन र जलस्रोतको माध्ययमबाट देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । अहिले पनि ७० प्रतिसत भन्दा बढी नागरिकले कृषीमा क्रान्ती गरिरहेकाले यसको आधुनिकीकरणमा जोड दिईनुपर्ने बताए । त्यस्तै देशका विभिन्न स्थानमा मनमोहक हिमशृङखला लगायतका पर्यटकिय गन्तब्यहरु रहेकाले तिनिहरुको उचित प्रचार प्रसार गरी पर्यटन ब्यबसालाई थप बलियो बनाउन आवश्यक रहेको समेत उनको भनाई थियो ।

मुलुकका विभिन्न स्थानका जलसम्पदाहरुको उचित सदुपयोग गरि विद्युत उत्पादनमा समेत सरकार लागिपरेको भन्दै आगामी आर्थिक वर्षभित्रै विद्युतको ठुलो हिस्सा भारतमा सप्लाई गर्ने सम्झौता भैसकेकाले यसले राज्यलाई ठुलो आर्थिक सहयोग मिल्ने उनले बताए । सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा राज्य ब्यवस्था तथा सुशासन समितीका सभापति रामहरी खतिवडा, कोशी प्रदेश खानेपानी सिंचाई तथा उर्जा मन्त्री प्रदिपकुमार सुनुवारलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!