• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS
 
ओखलढुङ्गा । जिल्लामा पछिल्लो तिन आर्थिक वर्षमा १ सय ६९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवस २०८० को अवसरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाले विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा आज (आइतबार) गरेको अन्तरक्रिया तथा समन्वयात्मक कार्यक्रममा यस्तो तथ्याकं प्रस्तुत गरिएको हो । 
 
कार्यक्रममा सामुदायिक अस्पताल स्रोबुकी मनोसामाजिक परामर्शदाता अम्बिका पुलामी मगरले प्रस्तुत गरेको तथ्याकं अनुसार आर्थिक वर्ष २०७९÷०८० मा मात्र ५१ जनाले आत्महत्या गरेको उल्लेख छ । जसमा २१ जना पुरुष ,१५ जना महिला,६ जना बालक र ९ जना बालिका रहेका छन् । 
त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ५७ जनाले आत्महत्या गरेकामा २९ जना पुरुष ,२० जना महिला,३ बालक र ५ जना बालिका र आर्थिक वर्ष २०७७÷०७८ मा ३२ पुरुष ,१७ महिला,७ बालक र ५ जना बालिका सहित ६१ जनाले आत्महत्या गरेको पाइएको छ ।
 
आत्महत्या न्यूनीकरणमा जोड
नगरपालिकामा भएको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भएको अन्तरक्रिया तथा समन्वयात्मक कार्यक्रममा सहभागी सरोकारवालाहरूले आत्महत्या न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । जसका लागी सबैको भूमिका आवश्यक पर्ने उनीहरूले बताएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका बागवानी अधिकृत टिकाराम बानियाँले जिल्ला–जिल्लामा सञ्चालित एग्रोभेटमा पाईने बिषदीको सुलभ सहजताले पनि समाजमा आत्महत्याको दर बढेको बताए । तर बालीनालीमा प्रयोग हुने बिषादीको बिक्रिबितरणलाई तत्काल रोक्न नसके पनि बिक्रिबितरणलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । 
 
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख केदारबाबु बस्नेतले मुलुकको आत्महत्याको दरलाई हेर्दा कहालीलाग्दो अवस्था रहेको उल्लेख गर्दै सबै मिलेर यो दरलाई कम गर्न आवश्यक गरेको बताए । जसका लागी स्थानीय सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्ने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले स्वागत मन्तव्य व्यक्त गर्दै विषादीको प्रयोगबाट पनि आत्महत्याको सङ्ख्या बढिरहेकाले जिल्लामा सञ्चालित एग्रोभेटहरुले विभिन्न बालीनाली तथा तरकारीमा प्रयोग गरिने विषादी बिक्रिवितरणमा विशेष ध्यान दिनुपर्ने बताए  ।
 
नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत आइत बहादुर राईले  सञ्चालन गरेको कार्यक्रममा जिल्लामा सञ्चालित विभिन्न एग्रोभेट सञ्चालक सहित अन्य सरोकारवालहरूको सहभागीता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!