• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ओखलढुंगा । विभिन्न स्वास्थ्य समस्याबाट पिडित ३ सय भन्दा बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन । छिमेक लघुबित्त वित्तिय संस्था लि.शाखा कार्यालय वर्णालु ओखलढुंगाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य शिविरमा उनिहरुले सेवा लिएका हुन ।

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल काठमाण्डौको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिबिरमा बालबालिका देखि जेष्ठ नागरिक सम्मले स्वास्थ्य सेवा लिएका छन । हाडजोर्नी, नशा रोग, नाक कान घाँटीलगायतका विशेषज्ञ चिकित्सको टोलीले शिबिरमा स्वास्थ्य सेवा तथा परामर्श दिएको संस्थाका सामाजिक विकास तथा ग्राहक सेवा विभाग प्रमुख तारानाथ महतोले बताए बताए ।

शिबिरमा धेरैजसो महिला संग सम्बन्धित स्वास्थ्य समस्याका सेवाग्राही सेवा लिन आएको चिकित्सक टोलीका सदस्य तथा मनमोहन मेरोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका मार्केटिङ निर्देशक रञ्जित गिरीले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरमा सेवाका लागि आएका नागरिकले समेत निकै खुसी ब्यक्त गरेका छन । काठमाण्डौ लगायतका शहरमा गएर गराउनुपर्ने आफ्नो उपचार नजिकै र निशुल्क पाउँदा ज्यादै खुसी लागेको सिद्धिचरण नगरपालिका ४ की सेवाग्राही डोमा शेर्पाले बताईन् । यस्ता शिविरहरु समय समयमा जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन भए सर्वसाधरणले निकै राहत पाउने उनको भनाई छ ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित सर्वधारणले जिल्लामै सेवा पाउन भन्ने उदेश्यले शिविर सञ्चालन गरिएको छिमेक लघुबित्त वित्तिय संस्था लि.शाखा कार्यालय ओखलढुंगाका प्रमुख अरुणप्रसाद चौधरीले बताए । आगामी दिनमा यस्ता शिविरहरु जिल्लाका अन्य क्षेत्रमा पनि आयोजना गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!