ओखलढुंगा । जिल्लामा दोसो ओखलढुंगा महोत्सव २०८१ आयोजना हुने भएको छ । “स्थानीय उत्पादन, उद्योग, पर्यटन, तथा पुर्वाधार, मौलिक कला सस्कृति समृद्ध ओखलढुंगाको आधार” भन्ने मुल नाराका साथ जिल्लामा दोस्रो ओखलढुंगा महोत्सव आयोजना हुने भएको हो ।
ओखलढुंगा उद्योग बाणिज्य संघ ओखलढुंगाले एआईके ग्रुप काठमाण्डौको सह—आयोजनामा आउँदो बैशाख ५ गते देखी १५ गतेसम्म महोत्सव आयोजना गर्ने जनाएको छ । महोत्सव बारे जानकारी दिन आज (मंगलबार) सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनले स्थानीय तथा स्वदेशी उत्पादन र उपभोक्ताहरु बिच प्रत्यक्ष पहिचान गराउनुको साथै जिल्ला र जिल्ला बाहिरका ब्यवसायी बिच ब्यापार सम्बन्ध बढाउने जस्ता महोत्सवको उदेश्य रहेको जानकारी दिए । सिद्धिचरण नगरपालिका १२ स्थित स्थानीय खेल मैदानमा आयोजना हुने उक्त महोत्सव अवधिभर ६० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको उनको भनाई छ ।
महोत्सवमा कृषी पर्यटन, घरेलु हस्तकला, औद्योगिक लगायत संग सम्बन्धित १ सय ५० भन्दा बढी स्टल राखिने योजना छ । झन्डै १० दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहने आयोजनकले जनाएको छ ।