• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । युग कवी सिद्धिचरण क्षेष्ठको जन्मजयन्तीमा विभिन्न कार्यक्रम गर्दै उनको स्मरण गरिएको छ । १ सय १३ औँ जन्मजयन्तीको अवशरमा आज (बुधबार) उनको प्रतिमामा माल्र्यापण गर्दै पुष्पगुच्छा र अबिर चढाईएको छ ।

जन्मजयन्तीको अवशरमा सिद्धिचरण नगरपालिका १२ स्थित उनकै जन्मस्थलमा विभिन्न रचना बाचन गरियो । कार्यक्रमकै क्रममा उनको प्रतिमा स्थल वरपर वृक्षरोपण समेत गरिएको थियो ।

कार्यक्रममा झन्डै १ दर्जन साहित्यप्रेमीहरुले आफ्नो रचना बाचन गरेका थिए । नेपाली जनशक्ति बिदेशमा खेर गैरहेको अवस्था, गाउँघर रित्तिदै गएको, विकाशले गति लिन नसकेकोजस्ता शन्देशहरु रचनामा समेटिएका थिए ।

सिद्धिचरण संग्रहालय समितीको आयोजना र ओखलढुंगा साहित्य प्रतिस्ठान ओखलढुंगाको सह-आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल(तेजेन्द्र) को प्रमुख आतिथ्यता र संग्रहालय समितीका अध्यक्ष रुपेश शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थितहरुले नेपाली साहित्य र जिल्लालाई चिनाउनमा कविले गरेको गरेको योगदानबारे चर्चा गरेका थिए ।

युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन ।

उनि नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन । पूर्वी नेपालको ओखलढुङ्गामा १९६९ साल जेठ ९ गते बुबा विष्णुचरण र आमा नीरकुमारीको एक मात्र पुत्रका रुपमा जन्मिएका उनको मेरो प्यारो ओखलढुंगा, निर्झर, साँझमा हिमालयको दृश्य’, ’प्रातकालीन किरण’, ’जूनकीरी’, ’सपनाझैँ देखेँ तिनलाई’, ’वर्षा आयो’, ’वसन्तजस्ता कविता प्रसिद्ध छन ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!