ओखलढुंगा । पानी संगै परेको चट्याङ लागेर ३ जना घाईते भएका छन । आज (शुक्रबार) साझ ५: ४५ बजेतिर जिल्लाको खिजिदेम्बा ५ निबारे मा चट्याङ पर्दा ३ जना घाइते भएका हुन ।
घाइते हुनेमा निवारे बस्ने अ.बर्ष-४५ कि दिलमाया सुनुवार, चोपुरपला बस्ने ५२ वर्षिया बिष्णुमाया सुनुवार र रामेछाप लिखुतामाकोशी गा.पा.-६ बस्ने अ. बर्ष-४० कि निर्मला सुनुवार रहेका छन ।
घाइते उनिहरुको तत्काल उद्दार गरि उपचारका लागि आधारभूत स्वास्थ्य चौकी खिजीफलाटे पठाइएको छ । घाइतेहरुको कम्मर मुनिको भाग नचलेको र अवस्था तत्काल मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।