• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । पहिरोमा पुरिएर गम्भीर घाईते भएका २ जनालाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ५ थुम्कीमा मङगलबार राती परेको अबिरल बर्षाका कारण पहिरोले घर बगाउदा १ जनाको मृत्यु थियो भने २ जना घाईते भएका थिए ।

पहिरोमा परी स्थानीय ३५ वर्षिया देवकुमारी खत्रीको घटना स्थलमै मृत्यु भएको थियो भने निजकै ३९ वर्षिय श्रीमान बाबुराम खत्री र १८ वर्षिया छोरी मेनुका खत्री घाइते भएका थिए । घटना स्थलबाट जिवितै उद्धार गरिएका बाबुराम गम्भीर घाईते प्रहरीले जनाएको छ ।

उद्धार पश्चात गाउँपालिकाको स्वास्थ्य शाखामा सामान्य उपचार गरी उनिहरुलाई थप उपचारका लागि दिउँसो हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!