ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रका विभिन्न कृषी सुमह, फर्म, कृषी सहकारी तथा कृषकहरुलाई विभिन्न किसिमका कृषी यन्त्र तथा कृषी सामग्री वितरण गरेको छ । केन्द्र तथा प्रदेश सरकारको कृषी प्रवद्र्धन तथा कृषी यान्त्रिकरण कार्यक्रम अनुशार आज (बुधबार) एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको हो ।
संघिय र प्रदेश सरकारबाट प्राप्त भएको झन्डै ३६ लाख रुपैयाँ बराबरको कृषी यन्त्र तथा सामग्री वितरण गरिएको छ । कार्यक्रममा ७५ प्रतिसत अनुदानमा ३४ वटा मिनिटिलर, ५० प्रतिसत अनुदानमा ५५ वटा मिल र ८ ओटा थ्रेसर वितरण गरिएको छ ।
नगरपालिकाले विभिन्न २ चरणमा ठेक्का प्रक्रिया मार्फत सामग्र्री खरिद गरेर वितरण गरेको सिद्धिचरण नगरपालिका कृषी विकाश शाखाका कृषी प्राविधिक भिमबहादुर दर्जीले जानकारी दिए ।
कृषी सामग्री वितरण कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले नगरपालिकाले विभिन्न समयमा वितरण गरेको कृषी यन्त्र तथा सामग्रीहरु दुरुपयोग हुने गरेको भन्ने गुनासो आईरहेको भन्दै उक्त सामग्रीहरुको सहि सदुपयोग गर्न कृषकहरुलाई आग्रह समेत गरे ।