ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका ४ सौरेनीमा २ घर पहिरोको उच्च जोखिममा परेका छन । मंगलबार राती देखी परेको अबिरल बर्षाको कारण स्थानीय नरेन्द्र कार्की र निर्पध्वज कार्कीको घर पहिरोको जोखिममा परेको हो ।
उनिहरुको घर भन्दा माथीबाट पहिरो खसेको कारण उनिहरुको घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । मंगलबार रातीको पहिरोले अर्का स्थानीय श्याम कार्कीको एउटा गोरुको मृत्यु भएको छ ।
गोठ माथीबाट पहिरो खस्दा पहिरोमा पुरिएर गोठमा बाधेको गोरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।