• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । बलात्कारको घटना लुकाउन एक पुरुषले आफैले हत्या प्रयासको नाटक गरेका छन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ का ५० बर्षिय केशरप्रसाद बास्तोलाले यस्तो नाटक गरेका हुन ।

गत साउन ७ गते राती अपरिचित ३ जना व्यक्तिहरु घरमा आई घर बाहिर नजिकै को झोलुङ्गे पुलमा लगि नगद लुटेको, धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट समेत गरी मोलुङ् खोलामा फालिदिएको भन्ने घटना सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटना बारे विस्तृत अनुसन्धान थालेको थियो ।

अनुसन्धानबाट पीडित भनिएका बाँस्तोलाले बलात्कार ढाकछोप गर्न आफैँले हत्या प्रयासको नाटक रचेको खुल्न आएको हो । सो घटनामा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक बिजय कार्कीको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले संदिग्ध व्यक्तिहरुको खोजी तथा अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा निज बास्तोला समेतले एक युवती लाई पटक पटक जवरजस्ती करणी गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार उक्त अपराधलाई ढाकछोप गर्न निजकै पहलमा साउन ६ गते पिडीतको गर्भपतन गराउन काठमाडौँतर्फ पठाइएको थियो ।

घटनाको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी समेतलाई जानकारी गराइसकेको भन्ने उनलाई जानकारी प्राप्त भएपछि जवरजस्ती करणीको घटना बिषयान्तर र ढाकछोप गर्न उक्त घटनाको नाटक रचेको खुलेको छ । उनले आफन्त र गाउँघरका मानिसले के भन्लान भनेर आत्मग्लानी भएर घरमै रहेको धारिलो हतियार (चक्कु) ले आफैंले आफैंलाई प्रहार गरी आत्महत्याको प्रयास गरेको भन्ने समेत व्यहोरा उनीबाटै खुल्न आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!