ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा वडातहबाट सामाजीक सुरक्षाभात्ता बितरण गर्ने बिषयमा भएको छलफल निष्कर्ष बिहिन बनेको छ । पहिलो चौमासिकको सामाजिक सुरक्षाभात्ता वडातहबाट बितरण गर्ने बिषयमा जिल्ला स्थित बैङ्क तथा बित्तिय संस्था र नगरपालिकाबिच भएको छलफल निष्कर्ष बिहिन बनेको हो ।
बिहिबार नगरपालिकाको हलमा बैङ्क तथा बित्तिय संस्था र नगरपालिकाका जनप्रतिनीधिबिच भएको छलफल निष्कर्षमा नपुगी टुंगीएको सिद्धिचरण नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गुणराज खड्का बिबेकले जानकरी दिए ।
जिल्ला सदरमुकाममा रहेका १३ वटा बैङ्कका प्रमुख, नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष सहित भएको छलफल निष्कर्षमा पुग्न नसकेको हो । छलफलमा सहभागीत सबै वडाका वडा अध्यक्षहरुले आम नगारिकले समाजीक सुरक्षा भत्ता लिन बैङ्कसम्म आउदाँ दुख पाउने गरेको भन्दै वडातहबाट बितरण गर्नुपर्ने माग गरेका थिए ।
नगरप्रमुख तेजेन्द्र खनालको सहभागीतामा भएको छलफलमा बैङ्कका प्रमुखहरुले वडातहबाट सामाजिक सुरक्षाभात्ता बितरण गर्न नसकिने अडान राखेका छन् । बैङ्कको केन्द्रिय नीति र सुरक्षाका दृष्टीकोणले पनि बाहिर गएर सामाजिक सुरक्षाभात्ता बितरण गर्न नसकिने बताएका छन् । तर वडा अध्यक्षहरुले भने आम नागरिकको सास्तीलाई बुझेर दुई–दुई दिन प्रत्येक वडातहबाट सुरक्षाभात्ता बितरण गर्नुपर्ने माग गरे ।
नगरप्रमुख तेजेन्द्र खनालले नागरिकको सहजताका लागी वडा तहबाट सामाजिक सुरक्षा बितरण गर्न सहयोग गर्न बैङ्कहरुलाई आग्रह गरे । उनले बैङ्क तथा बित्तिय संस्थाले स्थानीय तहबाट सामाजिक सुरक्षाभात्ता बितरण नगरे अन्य बिकल्प खोज्नुपर्ने प्रतिकृया दिए । जिल्ला स्थित बैङ्क तथा बित्तिय संस्था र नगरपालिकाका जनप्रतिनीधिबिच पुनः छलफल हुनेछ ।
यसअघी अघिल्लो स्थानीय सरकारको पालामा सामाजिक सुरक्षाभात्ता बैङ्किङ प्रणालीमार्फत बितरण गर्न सुरु गरिएको थियो । यसबाट आम नागरिकले भने सास्ती खेप्दै आएका छन् ।