ओखलढुंगा । कान्तीपुर दैनिकका उपसम्पादक पत्रकार कुम्भराज राईद्धारा लिखित ओखलढुंगा तथ्य र ईतिहास नामक पुस्तक लोर्कापण गरिएको छ । बाईलाईन मिडिया ओखलढुंगाले प्रकाशन गरेको उक्त पुस्तक आज (शनिबार) सदरमुकाममा लोर्कापण गरिएको हो । सिद्धिचरण नगरपालिकाको सभाहलमा भएको लोर्कापण कार्यक्रममा स्थानीय ९२ वर्षिय जेष्ठ नागरीक भैरबबहादुर श्रेष्ठले पुस्तकको लोर्कापण गरे । १९९ पृष्ठको उक्त पुस्तकमा जिल्लाको राजनिती, ऐतिहासिक स्थल, दस्तावेज र ब्यक्ति तथा अन्तरवार्ता लगायतका विषयवस्तु समावेश गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थित समीक्षकहरुले भिन्न आकृतीमा प्रस्तुत यो पुस्तक पठनिय र संग्रह तथा अध्ययनका लागि राम्रो सन्द्र्भ सामग्री बनेको बताएका छन । कार्यक्रममा ओखलढुंगा क्याम्पसका प्राध्यापक डा. भेषनाथ खनालले राईको यो ईतिहास लेखनको सुभारम्भले जिल्लाको भाषा, साहित्य, कला, संस्कृती, पर्यटन, कृषी र अग्रजहरुले देखेका स्वर्णीम सपना के कस्ता थिए ? भविष्यको गन्तब्य पहिल्याउन ति सपनामुलक शन्देशले के कस्तो सुझाब दिन्छन ? भन्ने कुरा समेत पुस्तकले प्रष्ट पारेको बताए । पुस्तकमा समावेश भएका धेरैजसो सामग्रीले जिल्लाका विभिन्न तथ्यहरु सार्वजनिक गर्न नयाँ बाटो देखाएको उनको भनाई थियो ।
कार्यक्रममा लेखक राईले आफुले झन्डै डेढ दशक देखी जिल्लामा रहेर पत्रकारिता गर्ने क्रममा संकलन गरिएका थुप्रै समाचार मध्ये सामान्य टिपोटहरुलाई मात्र छनौट गरेर पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा धेरै नयाँ कुरा समावेश नगरिएको भन्दै राईले यो पुस्तक प्रकाशन आफ्नो तेस्रो प्रयास भएको बताए ।
पुस्तकको नयाँ कुरा भनेकै ओखलढुंगामा जन्मिएकी डाटी शेर्पाले २०१९ सालमा न्यायका लागि आफुलाई टुक्राटुक्रा बनाएर लिखु खोलामा बगाएको महिलाको बारेमा समेत सम्भवत अहिलेसम्मकै सबैभन्दा बढी खोज पुस्तकमा पढ्न पाईने उनको भनाई थियो । त्यसैलाई आफुले सम्पतीको रुपमा समेत लिएको भन्दै राईले यसै विषयलाई राष्ट्रिय रुपमा प्रचार गर्नुपर्छ र तत्कालिन समयमा एउटा समुदाय र जातीमाथीको सोँचाई कस्तो रैछ भन्ने समेत पुस्तकमा प्रष्ट पार्न खोजिएको बताए ।
पछिल्लो समय पुस्तक पढ्ने संस्कृतीबाट हामीहरु धेरै टाढा गैसकेको भन्दै राईले पुस्तक पढेर पुस्तकमा भएका कमी कमजोरी औँल्याईदिन समेत आग्रह गरे । ईतिहासलाई साक्षीको रुपमा राखेर, ईतिहासलाई टेकेर मात्रै अगाडी बढ्न सकिने भन्दै लेखक राईले उक्त पुस्तककै अर्को संस्करणलाई अझ परिमार्जित गरेर ल्याउने आफ्नो धारणा ब्यक्त गरे ।
पुस्तक लोर्कापण कार्यक्रममा सिद्धिचरण नगरपालिका मेयर तेजन खनाल (तेजेन्द्र), निवर्तमान मेयर मोहनकुमार श्रेष्ठ, मोलुङ गाउँपालिका प्रमुख उत्तम राई, सुनकोशी गाउँपालिका प्रमुख, कमल तामाङ, विभिन्न राजनैतिक दलका प्रतिनिधी, बुद्धिजीबी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित जिल्लाका सरोकारवालाहरुले राईलाई पुस्तक प्रकासनको लागि बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।