ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडाबाट टोल सरसफाई अभियान थालिएको छ । वडा कार्यालयको समन्वय तथा सिद्धिचरण नगरकार्यपालिका सदस्य अप्सरा पन्थ (कार्की) को सक्रियतामा आज (शुक्रबार) बाट सरसफाई अभियानको थालनी गरिएको हो ।
‘शुन्दर शहर, सबैको रहर’ भन्ने नारा सहित वडालाई सफा र शुन्दर तुल्याउने उदेश्यले सरसफाई अभियानको थालनी गरिएको बताईएको छ । अभियानलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीयबासी, ब्यापारी, व्यवसायी, विभिन्न आमा समुह, सरोकारवाला लगायतले साथ दिएका छन । अभियानको पहिलो दिन आज रमाईलोडाँडाको सम्पुर्ण क्षेत्रमा सरसफाई छ ।
अभियान अन्र्तरगत आगामी दिनमा स्थानीय आमा समुहको समन्वयमा प्रत्येक महिनाको १ पटक वडाका विभिन्न टोलमा सरसफाई गरिनेछ । यो अभियानले आफ्नो घर वरिपरी सफा राख्न नागरीकलाई पे्ररणा मिल्ने र आम मानिसमा सरसफाई प्रति जनचेतना जगाउन समेत सहयोग मिल्ने कार्कीले बताईन ।
हाल रमालोडाँडाबाट थालिएको यो अभियान अबको केहि समय भित्रै वडाका अन्य टोलमा पनि सुरु गरिने उनको भनाई छ ।