ओखलढुंगा । जिल्लाका एक श्रेष्ठ परिवारले जेष्ठ नागरीक दिवा सेवा मिलन केन्द्र सिद्धिचरण नगरपालिका ११ लाई विभिन्न सामग्री प्रदान गरेका छन । आफ्ना स्वर्गिय बुवाआमाको स्मृतीमा सिनपा ११ रामबजार निबासी छोराबुहारीहरु फडिन्द्र–निना, भुपदास–प्रतिमा र बालकृष्ण–निर्मला श्रेष्ठले केन्द्रमा आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरेका हुन ।
आज (बिहीबार) कार्तिक १७ गते स्वर्गिय बुवा जनकबहादुर श्रेष्ठको १७ आँै पुण्य तिथिको अवशरमा स्वर्गिय बुवा र आमा हिराकुमारी श्रेष्ठको स्मृतीमा श्रेष्ठ परिवारले स्टिल दराज १ थान, ३०० लिटरको खानेपानी ट्याङ्की, स्टील मग २५ थान, पानी तताउनका लागि ग्याँस चुल्हो १ थान, ग्याँस भरिएको सिलिन्डर १ थान, सिलाबरको कित्ली १ थान र स्टिलको किस्ती १ थान प्रदान गरेका छन ।
सामग्री हस्ताणतरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेत, निर्वतमान मेयर मोहनकुमार श्रेष्ठ, सिनपा ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकारलगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।
केन्द्रलाई सामग्रीहरु हस्ताणतरण गर्दै समाजसेवी बालकृष्ण श्रेष्ठले नगरपालिकाको वडा नं ११ का जनप्रतिनिधिहरु तथा सेवा केन्द्रका प्रतिनिधिहरुले गरेको अनुरोध अनुसार आफुहरुले केन्द्रलाई सामाग्री प्रदान गरिएको बताए । आफुहरुले प्रदान गरेको ति सामग्रीहरु सहि ढंगबाट सदुपयोग, परिचालन र संरक्षणमा केन्द्रले ध्यान दिनेछ भन्ने अपेक्षा गरिएको पनि उनले बताए ।
श्रेष्ठ परिवारले आफ्ना स्वर्गिय बुवाआमाको पुण्य तिथिको अवशरमा विभिन्न खाले सहयोग गर्दै आएका छन । यसअघि सिनपा १२ को जेष्ठ नागरीक दिवा सेवा केन्द्रलाई उनिहरुले टेलिभिजन, दराज लगायतका सामग्री प्रदान गरेका थिए ।