• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । प्रदेश तथा प्रतिनिधी सभाको चिर्वाचन आउन अब केहिदिन मात्र बाँकी छ । देशभर चुनावी सरगर्मी बढिरहेको बेला ओखलढुंगामा पनि माहोल निकै तातेको अवस्था छ । यति खेर विशेष गरी विभिन्न दल र उम्मेदवारहरु गाउँगाउँमै आफ्ना चुनावी एजेन्डा लिएर चुनावी सभा र घरदैलो अभियानको दौडहामा ब्यस्त छन ।

केही दलले भने गाँउघरमा आफ्नो घरदैलो अभियान सकेर सदरमुकाममा पनि अभियान सुरु गरेका छन । यता मतदाताहरु समेत विभिन्न जिल्लाबाट मतदानको लागि गृह जिल्ला भित्रिने क्रम जारी छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय र प्रसासनले समेत यतिखेर निर्वाचनको तयारीलाई तिब्र पारेका छन ।

उम्मेदवार चर्चा………

जिल्लामा यस पटकको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि विभिन्न दलका २० जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन । ओखलढुंगामा प्रदेश सभा निर्वाचन क्षेत्र संख्या २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मात्र रहेको छ । जसमा प्रदेशको क्षेत्र नं. १ का लागि ५ जना र २ का लागि ७ जनाको उम्मेदवारी परेको छ भने प्रतिनिधी सभाको लागि विभिन्न दलका ८ जनाले उम्मेदवारी दिएका छन ।

प्रतिनिधि सभाको लागि अन्य दलका उम्मेदवारहरु समेत प्रतिष्पर्धामा उत्रिएको भएपनि सत्ता साझेदार गठबन्धका उम्मेदवार तथा पूर्व संविधान सभा सदस्य, नेपाली काग्रेसका रामहरी खतिवडा र यसअघि २ पटक सांसद बनिसकेका एमालेका यज्ञराज सुनुवार बिच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

यसअघि २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट एमालेका सुनुवारले खतिवडालाई ५ हजार भन्दा बढीको फराकिलो मन्तान्तरणले हराएका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत प्राप्त गर्दा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए ।

यता प्रदेश सभा क्षेत्र नं. १ मा पनि यसअघि भौतिक पूर्वाधार मन्त्री समेत भैसकेका नेकपा एमालेका अम्बिरबाबु गुरुङ र गठबन्धन तर्फका साझा उम्मेदवार तथा लोकप्रिय नेता प्रदिप सुनुबार चुनावी भिडन्तमा छन ।
त्यस्तै प्रदेश सभाकै क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका ज्ञानबहादुर खड्का (जिबी) र नेकपा एमालेका बाबुराम गौतम बिच प्रतिष्पर्धा हुने देखिन्छ ।

निर्वाचनको तयारी

निर्वाचनको मिति नजिकिएसंगै प्रशासनिक काम समेत निकै तिब्र गतिमा अगाडी बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालय, प्रसासन कार्यालय र अन्य सुरक्षा निकाय समेत अहिले निर्वाचन सफतापूर्वक सम्पन्न गराउने कार्यमा जुटिरहेका छन ।

जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर निर्वाचन प्रयोजनका सामग्री सहित सम्बन्धित केन्द्रमा खटाउने काम भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१ गतेभित्र उनिहरु तोकिएको मतदान केन्द्रमा पुगिसक्ने र ३ गतेभित्र मतदान स्थल निर्माण लगायतका सम्पुर्ण कार्य सम्पन्न गरिसक्ने जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुशार जिल्लाका सबै मतदान केन्द्र अपाङ्गमैत्री हुनेछन ।

शारिरीक रुपमा असक्त, अपाङ्ग, जेष्ठ नागरीक, गर्भवती महिला, लगायतलाई विश्राम स्थल सहित लाईनमा बस्न नपर्ने गरी मतदानको ब्यवस्था मिलाईने छ ।

सुरक्षा ब्यवस्थापन

आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि जिल्लामा ८४ वटा मतदान स्थल र १५३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ति स्थानमा सुरक्षाका लागि झन्डै १ हजार ८ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा १ हजार २ सयको संख्यामा नेपाल प्रहरी र म्यादी प्रहरी रहेका छन ।

त्यस्तै ३ सय जना नेपाली सेना र २ सय जना शसस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले जानकारी दिए । उनका अनुशार जिल्लाका ८४ मतदान स्थल मध्ये १२ वटालाई अति संवेदनशिलको सूचिमा राखिएको छ ।

विशेष गरी भौगोलिक विकटता र यातायातको पहुँचका कारण ति स्थल अति संवेदनशिलको सूचिमा राखिएको उनले बताए । अति संवेदनशिलको सूचिमा परेका मतदान स्थलमा आवश्यकता हेरेर सुरक्षा ब्यवस्था थप मजबुद बनाईने खनालको भनाई छ ।

आचारसंहिता उल्लङघनका उजुरी पनि….

निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लङघन समेत बढेको पाईएको छ । विशेष गरी चुवाब प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङघन भएको पाईएको हो ।

बुधबारसम्म जिल्लामा आचारसंहिता उल्लङघनका ८ वटा लिखित उजुरी दर्ता भएको जिल्ला निर्वाचन आचारसंहित उल्लङघन अनुगमन अधिकृत यज्ञराज उप्रेतीले जानकारी दिए । उनका अनुशार दर्ता भएका उजूरी मध्ये ६ वटा सामाजिक सञ्जाल संग जोडिएका छन ।

जसमा उम्मेदवार विरुद्ध अभिब्यक्ती दिएको, उम्मेदवारको चरित्र हत्या, सरकारी कर्मचारीले उम्मेदवारलाई भोट मागेको लगायत रहेका छन । त्यस्तै अन्य २ मध्ये एउटा स्थानीय निकाय संग सम्बन्धित छ भने अर्को स्थानीय तहको पदाधीकारी चुनावी प्रचारप्रसारमा सहभागी भएको भन्ने रहेको उनले बताए ।

लिखित उजुरी परेका सबै जनालाई स्पष्टीकरण सोधिएकोमा २ जनाको मात्रै जवाफ आउन बाँकी छ । अन्य ६ जनाले जवाफ पेश गरिसकेकाले केहिदिन भित्रै कारबाही टुंगो लगाईने उप्रेतीले बताए ।

के भन्छन मतदाता ?

चुनावी सरगर्मी बढिरँहदा विभिन्न खाले टिकाटिप्पणीहरु पनि भैरहेका छन । विभिन्न सामाजिक सञ्जाल, होटल तथा चिया पसल र विभिन्न दलका चुनावी सभाहरुमा मतदाताहरुको आ आप्mनै अडान र अभिब्यक्ती छ ।

केही मतदाता आशाबादी छन भने केहि आक्रोशित समेत छन । यसअघि चुनाव जितेपछि उम्मेदवारहरु आफ्नो गाउँमा फर्किएर नगएको र अघिल्लो निर्वाचनको बाचा समेत पुरा नगरेको केहीको प्रतिक्रिया छ ।उनिहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत पनि यस्ता अभिब्यक्तीहरु खुलेरै दिएका छन ।

ठुला दलका उम्मेदवारधेरैजसो पुरानै अनुहारका भएकाले नयाँलाई मौका दिनुपर्ने कतिपयको भनाई छ । त्यस्तै कतिपय मतदाताहरु भने यसअघि चुनाव जितेका उम्मेदवार नै पुन विजयी भए यसअघिको कार्यकालमा थालिएका विकासे योजना पुरा हुने विश्वासमा छन ।

कसले मार्ला बाजी ?

जिल्लामा विभिन्न दलबाट २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका भएपनि ठुला दलका उम्मेदवारहरु नै बढी चर्चामा छन । यसअघि एकअर्का संग प्रतिष्पर्धा गरिसकेका हुनाले पनि उनिहरुको चर्चा बढी हुनु स्वभाविक हो । २०७४ को निर्वाचनलाई हेर्ने हो भने प्रदेश र प्रतिनिधी सभा दुवै बाम गठबन्धनको पोल्टोमा परेको थियो ।

संघमा नेकपा एमालेका यज्ञराज सुनुवार, प्रदेश क्षेत्र ‘क’ मा एमालेकै अम्बीरबाबु गुरुङ र प्रदेश क्षेत्र ‘ख’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मोहन खड्काले चुनाव जितेका थिए ।त्यसबेला नेपाली कांग्रेस एक्लै चुनावी भिडन्तमा रहेको थियो भने अहिले नेकपा एमाले एक्लै चुनावी भिडन्तमा छ ।

२०७९ कै स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्र संग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले जिल्लाका ७५ मध्ये ४५ वडामा आफ्नो जित हासिल गरेको थियो । त्यस्तै जिल्लाका ८ पालिका मध्ये १ माओवादी केन्द्र सहित ५ स्थानीय तहको पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको थियो ।

यसै कारण पनि आफ्नो जित सुनिश्चित रहेको कांगे्रसको दाबी छ । यता नेकपा एमाले भने मतदाताहरु सबै नेकपा एमालेलाई नै जिताउन आतुर रहेको भन्दै जित आफ्नै हुने अडानमा छ । यद्यपी कसले बाजी मार्ला भनेर हेर्न भने मंसीर ४ नै कुनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!