• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि जिल्लामा आज (आईतबार) शान्तीपूर्ण तवरमा मतदान सम्पन्न भएको छ । जिल्लाका ८४ मतदान स्थल र १५३ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो ।

१ लाख १७ हजार ८ सय ९७ कुला मतदाता रहेको ओखलढुंगामा प्रारम्भीक विवरण अनुशार ५६ प्रतिसत मत खसेको छ । प्रदेशसभा तर्फ २ र प्रतिनिधी सभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा निर्वाचनका लागि १ हजार २ सयको हाराहारीमा कर्मचारी खटिएका थिए ।

त्यस्तै निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित, निष्पक्ष र पारदर्शी बनाउन १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

जिल्लाका केहि स्थानमा सामान्य विवाद भएपनि समग्रमा शान्तीपूर्ण तवरमा मतदान सम्पन्न भएको उनले बताएका छन ।

हाल मतदान केन्द्रहरुबाट मतपेटिकाहरु ढुवानीको काम भैरहेको र सम्भवत आज राती नै सबै मतपेटिकाहरु सदरमुकाममा आईपुग्ने उनले बताएका छन ।

मतपेटिकाहरु जिल्ला आईनसकेपछि सम्भवत भोली (सोमबार) बिहान सर्वदलिय बैठक बसेर मतगणनाको काम थालिने उनको भनाई छ ।

जिल्लामा सदमरमुकाम स्थित मुख्य निर्वाचन कार्यालयबाट मात्रै मतगणना गरिने तयारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!