• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । चम्पादेवी गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिलाई दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले ४ दिने प्रशिक्षण दिएको छ । गाउँपालिकाकै सभाहलमा पालिका उपप्रमुख सहित २१ जना वडा सदस्यहरुलाई पहिलो चरणको प्रारम्भीक प्रशिक्षण दिईएको हो ।

गत मंसिर १८ गतेदेखी आज (बुधबार) सम्म उक्त प्रशिक्षण दिईएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बुना बिकले जानकारी दिईन । प्रशिक्षणमा परियोजना ओखलढुंगा प्रशिक्षक मैयाँ राई र खोटाङका प्रशिक्षक देवेन्द्रकुमार राईले प्रशिक्षण दिएका थिए ।

चम्पादेवी गाउँपालिकामा केहिदिन अघिदेखी मात्रै परियोजना लागु भएको थियो । विशेष गरी महिला तथा दलित महिलाहरुको राजनीतिमा अर्थपुर्ण सहभागिताका लागि जिल्लामा ‘शि लिड्स’ परियोजना लागु गरिएको दलित महिला केन्द्र नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!