• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । रामेछाप सामुदायीक अस्पतालको प्राबिधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लाबाट सञ्चालित छोटो तथा लामो दुरीका सवारीसधानका चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शनिबार ५१ जना सवारी चालक तथा सहचालकहरुको सुगर तथा प्रेसर जाँच गरिएको प्रहरी सहायक निरिक्षक दिपक चौलागाईले जानकारी दिए । परिक्षण गरिएका मध्ये ४१ जना पुरुष र १० जना महिला रहेका छन् ।

सवारी चालकहरु शारिरीक तथा मानसिक रुपले पुर्ण रुपमा स्वास्थ्य रहनुपर्ने भएकाले प्रहरीले बिभिन्न समयमा उनीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्दै अएको छ । हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सडकबाटै चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

यसअघि मन्थली सदरमुकाम स्थित भैसेस्वरमा पनि चालक तथा सहचालकका लागी स्वास्थ्य परिक्षण शिबिर सञ्चालन गरिएको थियो । सवारी चालक तथा सहचालकको सुगर,प्रेसर संगै समयमा समयमा आँखाको समेत निशुल्क जाँच गर्ने गरिएको छ ।

स्वास्थ्य परिक्षण शिबिरमा भाग लिएका चालक तथा सहचालकलाई स्वास्थ्य सम्बन्धी परामर्श सहित ट्रफिक नियम र सचेतनाबा बारेमा समेत परामर्श प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!