• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: अबैध रुपमा सञ्चालानमा रहेका क्रसर उद्योगहरुको अनुगमन गर्न उपसमिती गठन गरिएको छ। जिल्ला समन्वय समितीमा केही समय अघि बसेको अनुगमन समितीको बैठकले जिल्ला भित्र नियम बिपरित सञ्चालनमा रहेका उद्योगधन्दाको अनुगमन गर्न उपसमिती गठन गरिएको हो ।

जिल्ला समन्वय समितीका ईन्जिनियर सम्पत न्यौपानेको संयोजकत्वमा १४ सदस्यीय अनुगमन उपसमिती गठन गरिएको जिल्ला समन्वय अधिकारी बिनीता भट्टराईले जानकारी दिईन् ।  समितीले जिल्लाभित्र दर्ता भएका तथा नियम बिपरित र बिना दार्ता सञ्चालनमा रहेका क्रसर उद्योगहरुको पहिचान गरेर अनुगमन समितीलाई प्रतिबेदन बुझाउने छन् ।

उपसमितीमा प्रत्येक स्थानीय तहका प्राबिधिक ,समन्वय समितीका प्राबिधिक तथा अन्य कर्मचारीहरु सदस्य रहेका छन् । उपसमितीले बुझाएको प्रतिवेदनका आधारमा समितीले नियम बिपरित सञ्चालनमा रहेका उद्योगहरुलाई कारवाहीको प्रकृयामा लगिने जिल्ला समन्वय अधिकारी भट्टराईको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय मन्थलीमा दर्ता भएको तथ्याकं अनुसार जिल्लामा २१ वटा क्रसर उद्योगहरु सञ्चालनमा छन् । तर कतिपय उद्योगधन्दा हाल बन्द अवस्थामा रहेको स्थानीय तहहरुले जनाएका छन् ।

गत असोज २६ गते आफ्नो स्थानीय तहमा सञ्चालनमा रहेका तथा बन्द भएका क्रसर उद्योगहरुको बिवरण पेश गर्न जिल्ला समन्वय समितीले पत्राचार गरेको थियो । प्राप्त पत्र अनुसार हालसम्म समितीलाई चारवटा मात्र स्थानीय तहले बिवरण पठाएको जिल्ला समन्वय अधिकारी भट्टराईले बताईन् । स्थानीय तहले पठाएको बिवरण पनि खासै चित्त बुझ्दो अवस्थाको छैन ।

बिवरण अनुसार उमाकुण्ड गाउँपालिकाले ५ वटा वालुका प्रसोधन केन्द्र सञ्चालनमा रहेको जनाएको छ । त्यस्तै मन्थली नगरपालिले १ वटा रोडा ढुंगा प्रसोधन केन्द्र रहेको,खाडाँदेबी गाउँपालिकाले १ वटा उद्योग रहेको बिवरण पठाएको छ । रामेछाप नगरपालिकाले भने आफ्नो स्थानीय तहमा कुनैपनि क्रसर उद्योग नरहेको पत्र पठाएको छ।

तर घरेलु तथा साना उद्योग कार्यालयको तथ्याकं अनुसार त्यस स्थानीय तहमा पनि उद्योगधन्दा दर्ता भएका छन् । अन्य स्थानीय तहले बिवरण कुनैपनि विबरण पठाएका छैनन् ।

खाडाँदेखी गाउँपालिकाका अधिकांश नदी किनारमा दर्जनभन्दा बढी क्रसर उद्योग रहेका छन् । तर गाउँपालिकामा भने २ वटा मात्र सुचिकृत भएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!