ओखलढुंगा । सुनचाँदीका गहना सफा गरिदिने बाहनामा ठगी गर्ने ३ जना पक्राउ परेका छन । जिल्लाको मोलुङ गाउँपालिका २ स्थित गाउँमा सर्वसाधरणका गहना सफा गरिदिने भन्दै ठगी गर्ने उनिहरुलाई स्थानीयकै सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ जना भारतिय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ११ का ४४ बर्षिय राजेश शाह, भारतको अरअरिया जिल्ला फरविसगंजका ४४ बर्षिय सुनिल मण्डल र भारतकै अरअरिया जिल्ला पञ्चायत ढोलबजिया बस्ने ४३ बर्षिय पारसकुमार दास रहेका छन ।
उनिहरुले गाउँलेहरुलाई सुनचाँदीका गहना हामी सस्तो मुल्यमा सफा गरिदिन्छौँ भन्दै प्रलोभनमा पार्ने र सफा गर्न दिएपश्चात विभिन्न किसिमको रासायनिक पदार्थ प्रयोग गरेर गहनाहरुको बास्तविक तौल नै कम गरी ठगी गरेको पाईएको प्रहरीले जनाएको छ ।
ठगीको जानकारी पाईपछि स्थानीय जनप्रतिनिधीको सहयोगमा उनिहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । पक्राउ परेका उनिहरुबाट प्रहरीले विभिन्न औजार र रासायनिक पदार्थ समेत बरामद गरेको छ ।
पक्राउ परेको उनिहरु माथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।