ओखलढुंगा । चट्याङमा परेर एक जनाको ज्यान गएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका ६ स्थित भदौरेकी २० बर्षिया सर्मिला कार्कीको ज्यान गएको हो । चट्याङमै परी अर्की १३ बर्षिया बालिका अरुणा कार्की घाईते भएकी छन ।
आज (शुक्रबार) दिउँसो उनिहरु दुवैजना खेतमा गहुँ काटिरहेका थिए । सोहि क्रममा दिउँसो झन्डै ४ बजेतिर पानीसंगै परेको चट्याङले लाग्दा उनिहरु घाईते भएका थिए ।
उनिहरुको तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी रानीबनमा उपचारका लागि लगिएकोमा सर्मिलाको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अरुणाको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ प्रस्थान भैसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।