• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । दलित समुदायलाई मन्दिर प्रवेश गर्न अवरोध गरिएको घटनाप्रति राष्ट्रिय मानब अधिकार आयोगले स्थलगत अनुगमन गरेको छ । गत फाल्गुन ६ गते शिवरात्रीको अवशरमा जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थित स्थानीय शिव मन्दिरमा पुजा गर्न गएका दलित समुदायका ब्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ लगायतले मन्दिर प्रवेशमा अवरोध सिर्जना गरेका थिए ।

सोहि विषयलाई लिएर सार्वजनिक स्थलमा दलित समुदायलाई निर्वाध रुपमा प्रवेश गर्न दिइनुपर्ने भन्दै दलित समुदायले प्रसासनको ध्यानाकर्षण गराएका थिए । उक्त विषयलाई जातिय द्धन्द निम्तिन सक्ने भन्दै स्थानीय प्रहरी, प्रसासन र जनप्रतिनिधीको सहभागितामा विभिन्न ५ बुदे निर्णय गर्दै मिलापत्र गरिएको थियो ।

सोहि विषय विभिन्न सञ्चारमाध्ययमा बाहिर आएपछि राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा चासो दिएको हो । गत चैत्र २९ गते राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालयका मानव अधिकार अधिकृत दिपक थापाको नेतृत्वमा आएको टोलीले २ दिनको अवधिमा स्थलगत अनुगमन अनुसन्धान गरेको छ ।

सोहि क्रममा घटना संग सम्बन्धित व्यक्ति र सरोकारवाला निकायका पदाधिकारीहरु संग जानकारी लिईएको अधिकृत थापाले बताए । अहिले अनुसन्धानमै रहेकाले अनुगमनका क्रममा पाईएका तथ्यहरु के के हुन ? भनेर भने तत्काल सार्वजनिक गर्न नमिल्ने उनको भनाई छ । अवको केहि दिनभित्रै स्थलगत रुपमा अनुगमन अनुसन्धान गर्दा प्राप्त तथ्य र जानकारीको आधारमा प्रतिवेदन तयार गरी आयोगमा पेश गरिने र आयोगको निर्णय बाहिर आउने उनले जानकारी दिए ।

आपसी सद्भावका लागि दलित र गैरदलितलाई भेला गराई अन्तरक्रिया

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले आज (शनिबार) स्थानीय दलित र गैरदलितलाई भेला गरेर आपसी सद्भावका लागिअन्तरक्रिया गरेको छ । सिद्धिचरण नगरपालिका ४ स्थित वडा कार्यालयमा सोहि विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार बारे प्रस्ट्याईएको थियो ।

कार्यक्रममा घटनाको विषयलाई लिएर दलित र गैरदलितहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा गुरुङ समुदायका अगुवाहरुले यो विषय सानो भएको भन्दै गाउँघरमै मिलाउपर्नुेमा जोड दिएका थिए । त्यहि समाजमा एक आपसमा मिलेर बस्नुपर्ने भएकाले गाउँघरमा हुने साना तिना घटनालाई प्रसासनमा लैजान आवश्यक नरहेको उनिहरुको भनाई थियो ।

यता दलित अगुवाहरुले भने आगामी दिनमा यस्ता घटनाहरु पुन नदोहोरिन नदिन प्रसासनको ध्यानाकर्षण मात्र गराईएको बताएका थिए । सार्वजनिक स्थलमा आफुहरुलाई यसअघि पनि थुपै्र जातिय विभेद गरिए पनि बाहिर नआएको भन्दै आफ्नो अधिकारको लागि आवाज उठाउन खोज्दा झन शिक्षित र जानेबुझेका बर्गबाटै दबाउने काम भैरहेको उनिहरुको भनाई थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!