• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । खरबारीमा घाँस काटेर घर फर्किने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ८ स्थित डढुवाकी ६७ बर्षिया छमुनादेवी कार्कीको मृत्यु भएको हो ।

आज (बुधबार) बिहान श्रीमान सहित कार्की घर नजिकैको झाक्रे खोला घरबारीमा घाँस काट्न गएका थिए । घाँस काटेर घर फर्किने क्रममा बिहान झन्डै १० बजेको समयमा कार्कीको अचानक खुट्टा चिप्लिएर खरबारीबाट झन्डै ५० मिटर तल खसेकी थिईन । खरबारीबाट झाक्रे खोलाको ढुंगामा उनको टाउको बजारिन पुग्दा उनलाई गम्भीर चोट लागेको थियो ।

स्थानीयको सहयोगमा उनको उद्धार गरी घर लगिएको र घरबाट उपचारका लागि अस्पताल लैजान प्रयास गर्दागर्दै उनको दिउँसो झन्डै १२ः १५ तिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे दिउँसो ४ बजेतिर जानकारी आएपछि नजिकैको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरी घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!