ओखलढुंगा । पहिरोबाट पिडित परिवारलाई सिद्धिचरण नगरपालिकाले तत्काल अत्याबश्यक भान्साका सामग्री प्रदान गरेको छ । गत साउन ९ गते सिद्धिचरण नगरपालिका १२ स्थित खोरियामा पहिरो जाँदा स्थानीय २ वटा पक्की घर र कुखरा फर्ममा क्षति पुगेको थियो ।
पहिरोबाट घरमा क्षति पुगेका सहित सोहि घरमा कोठा भाडामा बस्दै आएका ५ परिवारलाई आज (बिहीबार) नगरपालिकाले भान्साका सामग्री प्रदान गरेको हो । सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, १२ का वडा अध्यक्ष उमंग श्रेष्ठ लगायतले पिडितहरुलाई प्रतिपरिवार १÷१ सेट भान्साका सामग्री प्रदान गरेका छन् ।
भान्साका सामग्री प्रदान गर्दै उपप्रमुख बस्नेतले तत्कालका लागि यो सहयोग गरिएको र पुन अन्य आवश्यक सहयोग गर्न पनि नगरपालिका सकारात्मक रहेको बताए । यस्तै सिनपा १२ नम्बर बडाले पनि पहिरो पिडितलाई १÷१ लाख रुपैँया राहत सहयोग गर्ने जनाएको छ ।