ओखलढुङ्गा । संविधान दिवसको अवसरमा ओखलढुङ्गाबाट दुई जना कैदी बन्दी जेलमुक्त भएका छन् । संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपतिबाट आममाफी पाएर आइत बहादुर तामाङ र इच्छा कुमार राई जेलमुक्त भएका हुन् ।
कर्तव्य ज्यान मुद्रामा जेलजिवन बिताई रहेका तामाङ हालसम्म ४४.४७ प्रतिशत कैद भुत्तान गरिसकेका छन् भने राईले संरक्षित वन्यजन्तुको सालकको ओखेटोपहेरा ओसास प्रसार गरेको अभियोगमा ५५.६२ प्रतिशत कैद भुक्तान गरिसकेका छन् ।
उनीहरूलाई असल चालचलनको आधारमा राष्ट्रपतिबाट आममाफी भई बाँकी कैद भुक्तान मिनाहा भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिस्टार सिंहले जानकारी दिए ।
नेपाल सरकारले संविधान दिवसको अवसर पारेर असल चालचलनका आधारमा विभिन्न मुद्रामा जेलजिवन बिताई रहेका कैद बन्दीलाई आममाफी दिने व्यवस्था रहेको छ ।