ओखलढुंगा । लक्ष्मी पुजा गर्न बालिएको दियोबाट अचानक आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । जिल्लाको चिशंखुगाढी गाउपालिका १ गैरीगाऊ बस्ने बर्ष- ६० को टेक बहादुर खत्रीको घरमा आगलागी भएको हो ।
आइतबार लक्ष्मि पुजा गर्नलाई बालिएको दियोबाट ६:३० बजेतिर अचानक आगो सल्कन गई आगलागि भएको बताइएको छ ।
आगलागीबाट टिनको छानो, ढुङ्गा माटोले बनेको ३ तले घर पुर्णरुपमा जलि नष्ट भएको छ भने घर भित्र रहेको नगद रु १ लाख ५० हजार, डेढ तोला सुनको गरगहना, अन्नपात, भाडा बर्तन, लत्ता कपडा,फर्निचर समेत पुर्ण रुपमा जलेको छ प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानबिय तथा पशु चौपायामा भने क्षती नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिकाश राइले जानकारी दिए ।