ओखलढुंगा । लेक लागेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ३ चण्डेश्वरीका ५३ बर्षिय जितबहादुर सुनुवारको मृत्यु भएको हो । आज (सोमबार) दिउँसो २ : ४५ बजेतिर उनि सोलुखुम्बुको पिकेडाँडा घुम्न गएका थिए ।
सोहि क्रममा जिल्लाको खिजीदेम्बा गाउँपालिका ९ भुलभुले स्थितमा लेक लागेर एक्कासि बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय खिजीफँलाटेको प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको बताईएको छ ।
घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।


