ओखलढुंगा । रामपुर-ओखलढुंगा सडक खण्ड अन्तर्गत मोलुङ गाउँपालिका १ र २ जोड्ने पहिरे खोलाको बाटो सुचारु भएको छ । अभिरल बर्षाका कारण गत मंगलबार राति आएको पहिरोले झन्डै १५ मिटर सडक बगाएको थियो ।
उक्त पहिरोले ध्वस्त पारेको सडक मर्मत गरी आज (शनिबार) साँझबाट सवारी चलाउन मिल्ने गरी सुचारु भएको हो । तारजाली सहित वाल उठाएर अस्थायी मर्मत गरि आवतजावतलाई सहज बनाइएको गाउँपालिकाले जनाएको छ ।
पहिरोले सडक बगाउदा मानिसलाई समेत आवतजावत गर्न नमिल्ने भएपछी यसअघि तत्काल नेपाली सेना र नेपाल प्रहरीलगायतको सक्रियतामा गोरेटो बनाइएको थियो ।