• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ सानिटारमा झन्डै ३ वर्ष अघि करोडौँको सामुदायिक भवन र पार्क निर्माण गर्ने आयोजना अघि सारिएको थियो । कन्सट्रक्सन अफ बर्णालुपार्क नाम दिएर २०७८ साउन ३१ गते ठेक्का सम्झौता भयो र सोहि दिनबाट निर्माणको काम समेत थालियो । सुरुका केहि समय तिब्र गतिमा काम हुँदा तोकिएको म्याद भन्दा अगावै काम सकिने स्थानीयको विश्वास थियो । तर पछिल्लो झन्डै १ वर्ष यता निर्माणको सम्पूर्ण काम ठप्प भएको छ ।

काम ठप्प भएसी स्थानीयले कामलाइ गति दिनुपर्ने बताउदै आएका छन । हिजो काम सम्पन्न गर्छु भनेर ठेक्का लिने र अहिले यसरी अलपत्र पार्न नहुने स्थानीय पोकलप्रसाद दाहालले बताए । अहिले ठेकेदार स्थानीयको सम्पर्कमा नरहेकाले जहाँ भएपनी सम्बन्धित निकायले चाडो झिकाएर काम सुचारु गराउनु पर्ने उनको भनाइ छ । यस्तै अर्की स्थानीय निर्मला दाहालले गत माघमै निर्माण सम्पन्न भैससक्नु पर्ने उक्त आयोजना अहिलेसम्म काम नै ठप्प भएको बताइन ।

निर्माण कम्पनी कुवर डेभलपर्स एण्ड बिल्डर्स प्रा.लि ले २०८० माघ ३० गते निर्माण सम्पन्न गर्ने गरी भ्याट सहित ५ करोड २२ लाख ८४ हजार ७ सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कोशी प्रदेश सरकार र विभिन्न दातृ निकायको आर्थिक सहयोगमा झन्डै ३ रोपनीको क्षेत्रफमा साँढे २ तलाको सुविधासम्पन्न भवन, ब्यवस्थित पार्क, बगैँचा, पोखरीलगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

तर भवन निर्माणको झन्डै ७० प्रतिसत काम सकिएपछि निर्माण कार्य ठप्प छ । यसअघि गौचरन रहेको उक्त जग्गामा अहिले यति ठूलो संरचना निर्माण थालेर बिचमै अलपत्र पारिएको भन्दै अर्का स्थानीय नरपती दाहालले दुख ब्यक्त गरे । कि त आधा बनेको संरचना भत्काएर पहिलेको जस्तै गौचरन बनाइनुपर्ने कि त छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न हुनु पर्ने उनको माग छ ।

पुरानो ठेक्का सम्झौता सकिएको छ महिना बढि भैसकेको छ । तर पछिल्लो एक वर्षयता कुनै पनि काम हुन सकेको छैन । निर्माण कार्य ठप्प भएपछि ठेक्का लगाउने शहरी विकाश तथा भवन कार्यालय ओखलढुंगाले भने ताकेता गरिरहेको जनाएको छ ।

कार्यालयको तर्फबाट निर्माणको प्राबिधिक पक्ष हेर्दै आएका इन्जिनियर नानीराम कार्कीले झन्डै एक बर्ष यता निर्माणको काम ठप्प भएको स्विकार गरे । उनले यो विषयमा यसअघि पनि ठेकेदार पक्षसंग ताकेता गरिएको बताए ।

यो आयोजना निर्माण पश्चात सामुदायिक भवनमा स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्र्ने, समुदायको संस्कृती झल्काउने खालका भिविन्न मौलिक सामग्रीहरु संग्रहित गर्ने, पुस्तकालय निर्माण गर्नेजस्ता उदेश्य रहेका छन। तर निर्माण पुरा नभई काम रोकिएपछि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!