• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवश ओखलढुंगामा पनि भब्यताका साथ मनाइएको छ । दिवशको अवशरमा जिल्ला सदरमुकाम ओखलढुंगामा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । दिवशको अवशरमा आज(शनिबार) जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्राङ्गणबाट  र्‍याली सुरु गरिएको थियो ।

र्‍यालीमा सिद्धिचरण नगरपालिका भित्रका १ दर्जन बढी माध्यमिक तहका सामुदायिक तथा निजी विध्यालयका बालबालिका, शिक्षक र जिल्ला स्थित सरोकारवालाहरुले सहभागिता जनाएका थिए । विभिन्न शन्देशमूलक पम्प्लेट र नारा सहितको उक्त  र्‍याली बजार परिक्रमा हुँदै जिससको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सिद्धीचरण नगरपालिका र ग्रामिण महिला जागरण संजालको सहकार्य तथा सिद्धिचरण नगरपालिका स्तरिय बाल क्लब ओखलढुंगाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न बिध्यालयका बालबालिकाहरुले गित, नृत्य र नाटक समेत प्रष्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथीहरुले अझैसम्म बालअधिकार हननको घटना घटिरहेको पाइएको भन्दै त्यसलाइ रोक्न सरोकारवालाहरुले आ-आफ्नो क्षेत्रबाट सकारात्मक कदम चाल्नुपर्ने बताएका थिए । त्यस्तै सामाजिक संजालको बढ्दो प्रयोग जस्ता कारण अहिलेको समयमा पनि बालविवाहको क्रम बढीरहेको भन्दै यसको न्यूनीकरणका लागि सम्बन्धित निकाय र समुदायको ध्यान जान जरुरी रहेको उनिहरुको भनाई थियो ।

दिवशको अवशरमा वक्तृत्वकला प्रतियोगिता, अस्मिता भइन प्रथम

बालदिवशकै अवशरमा भएको मा.वि स्तरिय वक्तृत्वकला प्रतियोगितामा नारायणस्थान मा.वि सिनपा ३ कि छात्रा अस्मिता परियार प्रथम भएकि छन । प्रतियोगितामा नगरपालिका स्थित विभिन्न १३ बिध्यालयका २५ जना बालबालिकाले भाग लिएका थिए ।

बालबिबाह न्यूनीकरण, आजको आवश्यकता शिर्षकको वक्तृत्वकला प्रतियोगितामा सबैभन्दा उत्कृष्ट वक्तृत्वकला प्रष्तुत गरेर परियार प्रथम भएकी हुन । प्रतियोगितामा हिमालय मा.वि सिनपा २ निशङ्खे कि छात्रा भूमिका श्रेष्ठ द्वितीय, नारायणस्थान मा.विकै अर्की छात्रा अस्मिता मगर तृतीय र सगरमाथा जनता मा.वि सिनपा १२ कि छात्रा कृतिका मगर सान्त्वना भएकि छन ।

प्रतियोगितामा प्रथम,द्वितीय,तृतिय र सान्त्वना हुने प्रतियोगीलाइ क्रमश नगद रु ५ हजार, ४ हजार, ३ हजार, २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा सहभागी अन्य बिध्यालयका बालबालिकालाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा सहभागी बालबालिकाहरुले बालबिबाहको व्याख्या गर्नुको साथै बालबिबाहको बर्तमान अवस्था, बालबिवाह गर्दा हुने मानशिक तथा शारीरिक असर, यसको रोकथाम सम्बन्धि विभिन्न ऐन तथा कानुन, न्यूनीकरणमा भएका प्रयास, न्यूनीकरणका लागि चालिनुपर्ने थप आवश्यक कदम आदि बारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!