• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारस्थित मध्यपहाडी लोकमार्गमा आज (बिहीबार)दिउँसो भएको ट्रक दुर्घटनामा एक व्यक्ति घाइते भएका छन । पोखराबाट चाउचाउ लिएर खोटाङतर्फ जाँदै गरेको ना ६ ख ४९३४ नम्बरको ट्रक दिउँसो करिब २ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालक रौतहट चन्द्रनिगाहपुर–१ का ३६ वर्षीय तारा बहादुर लोप्चन सकुशल रहेका छन् भने सहचालक सर्लाही, बागमती नगरपालिका–१२ का २८ वर्षीय बेदमान गोलेको बायाँ खुट्टा सुन्निएको छ। उनलाई सामान्य उपचारका लागि उदयपुरको जनसेवा हेल्थ केयर, घुर्मी पठाइएको प्रहरीले जनाएको छ।

ट्रक घटनास्थलमै रहेको र दुर्घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

तस्वीर : जिप्रका ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!